नौबहिनी गाउँपालिका गठबन्धनका उम्मेदवारहरु खोला सुकेर एक्लो माछा छट्पटाए जस्तै छट्पटाइरहेको बताएकी छन् । आइतबार नेकपा एमाले नौबहिनी गाउँपालिका २ लिघाको चुनावी सभामा बोल्दै गर्दै पालिका उपाध्यक्ष पदका उम्मेदवार विष्णा थापा (के. सी.)ले यस्तो भनेकी हुन् ।

उनले विकासको कुनै योजना तथा एजेन्डा नभएका गठबन्धन दलका नेता तथा कार्यकर्ता आफैमा बिलाउदै गएको बताएकी छन् । नौबहिनी बासिन्दाले हरेक आमाबुबा, महिला दिदिबहिनीहरुको हक हितका निम्ति एमालेका उम्मेदवारहरहरुलाई अत्यधिक बहुमतले विजयी गराउने आशा समेत व्यक्त गरेकी छन् । ‘कुनैपनी सुत्केरी महिलाले अस्पताल नपाएर रगतको भेल बगाएर मर्नुपर्ने छैन,’ उनले भनिन् ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा प्रचारप्रसारको काम अन्तिम अवस्थामा छ । यसैबीचमा नेकपा एमालेले पनि आफ्नो अभियानलाई अन्तिम चरणमा पुर्‍याएको छ ।