नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाले जीतको कल्पना समेत नगरेका काङ्ग्रेस र माओवादीले चुनावी तालमेल गरि चुनाव जितेकाले ५ वर्षसम्म होस गुमाएको बताएका छन् । आइतबार नौबहिनी २ लिघाको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् ।

नेकपा एमालेको जित सुनिश्चित देखेर उनीहरु चुनावी तालमेल गरेका थिए । ‘हार निश्चित देखेका उनिहरुले विकासको योजना बनाउने फुर्सद कार्यकाल सकिदा सम्म पाएनन्, उनिहरुलाई आफ्नो मान्छे बनाउन र रोमान्स गर्नै ठिक्क भयो,’ उनले भने । यसपालिको चुनाव नेकपा एमालेले सानदार तरिकाले जित्ने सुनिश्चित भैसकेको बताएका छन् । कार्यक्रममा उपस्थिति भएको जनसागरले नै नेकपा एमाले नौबहिनी गाउँपालिकाले जिल्लाको मात्र नभई केन्द्रिय स्तरसम्म पार्टीको गरिमा बढाउने विश्वास लिएको उनले बताए ।

‘१५ सैयाको अस्पताल बनाउन नसकेर करोडौं बजेट फ्रीज गर्ने, भवने खेलमैदान बनाउन नसकेर अस्तव्यस्त पार्ने, सिमलबुटाको बसपार्क बनाउन खोजेर ब्यबस्थापन गर्न नसक्ने, एउटा कोल्ड स्टोर बनाएर किसानका उत्पादन व्यवस्थापन गर्न नसक्ने र जनताको हितमा काम गर्न नसक्ने जनप्रतिनिधि अहिले कुन मुखले तपाई सङ्ग भोट माग्न आएका होलान,’ उनले भने । यसर्थ पनि नेकपा एमालेले जित्न जरुरी भएको बताएका छन् ।

भवने खेलमैदान

महिलाको हकहितमा काम गर्न नसक्ने उनिहरुले अहिले महिला दिदीबहिनीहरुसङ्ग के भनेर भोट माग्न आए होलान भनेर यस विषयमा उनले चिन्ता व्यक्त समेत गरे । यसको विरुद्धमा पनि अहिले नौबहिनी बासिले नेकपा एमालेका उम्मेदवारहरुलाई अत्यधिक बहुमत दिएर विजयी गराउन आग्रह समेत गरेका छन् । नेकपा एमालेले नौबहिनीमा काङ्ग्रेस माओवादीलाई पत्तासाप गर्नुपर्ने जरुरी भएको बताएका छन् ।

सिमलबुटा बसपार्क

यस सन्दर्भमा नौबहिनीमा एमालेले विजयी हात पारे केन्द्रिय नेता तथा आफुहरु पनि नौबहिनी समृद्ध बनाउन सहयोग गर्ने बताएका छन् । वैशाख ३० गते एमाले एक्लैले देशैभर बहुमतका साथ ५ सय भन्दा बढी स्थानीय तहमा जित हात पार्ने विश्वास लिएको बताएका छन् ।