नौबहिनी गाउँपालिका–८ फोप्लीमा गठबन्धन र एमालेका कार्यकर्ता माथि चक्कु प्रहार गरेका छन् । जडपमा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय पुठ बहादुर पुन मगर र विष्णु गुरुङ रहेका छन् । नेकपा एमाले नौबहिनी-८ का वडा अध्यक्ष पदका उम्मेदवार झग बहादुर जि. सी. लाई भोट नहाल्न भन्दै गठबन्धनका कार्यकर्ता बालाराम बोहराले घरमै गएर चक्कु प्रहार गरेको पीडित पुनले बताए ।

चक्कु प्रहार पछी घरपरिवारले हार गुहार गर्दा छिमेकी गुरुङ त्यहा पुगेको र उनलाई पनि बोहराले आक्रमण गरेको पीडित गुरुङले बताएका छन् । अहिले घाइते दुबै जनाको प्यूठान अस्पताल बिजुवारमा इमर्जेन्सी वार्डमा राखेर उपचार भैरहेको छ । गठबन्धनका समुहले सुनियोजित ततिकाले घटना घटाएको पीडितहरुको भनाइ छ ।

पिडक बोहरा ८ नं. वडाका खुल्ला महिला सदस्य दोमन्ता बोहराका देवर भाइ पर्छन् । दोमन्ता माओवादी केन्द्रको तर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा खुल्ला महिला सदस्यमा निर्वाचित महिला वडा सदस्य हुन् ।