प्युठानको नौबहिनी गाउँपालिकामा एमालेका डिल बहादुर थापा सङ्गै प्यानल विजयी भएको छ । पालिका उपाध्यक्षमा एमालेकै विष्णा थापा (के. सी.) विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा थापाले ६ हजार ५ सय ३७ मत लिएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट काङ्ग्रेसका अध्यक्ष का उम्मेदवार शिव रिजालले ५ हजार ६ सय ६२ मत लिएर पराजित भएका छन् । उनीहरुबिच ८ सय ७५ मत अन्तरले थापा विजयी भएका हुन् ।

यस्तै पालिका उपाध्यक्षमा के. सी. ले ६ हजार ३ सय ४ मत लिएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपाध्यक्ष पदका उम्मेदवार घन बहादुर बुढा (सचिन)ले ५ हजार ६ सय ७ मत लिएर पराजित भएका छन् । उनीहरुबिच ६ सय ५८ मत अन्तरले पराजित भएका हुन् ।

पालिकाको वडा नं. १ मा गठबन्धन प्यानललाई पराजित गर्दै नेकपा एमालेका घन बहादुर बुढा मगर, वडा नं. २ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका गोपाल घर्ती मगरको प्यानल, वडा नं. ३ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका दिल बहादुर के. सी. सङ्गै ३ सदस्य र १ जना खुल्ला नेकपा एमालेको विजयी भएका छन् ।

यस्तै वडा नं. ४ मा नेकपा एमालेका भिम घर्ती मगरको प्यानल, वडा नं. ५ मा पनि नेकपा एमालेका उम्मेदवार दलराज पुन मगरको प्यानल विजयी भएको छ भने वडा नं. ६ मा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका मान बहादुर के. सी. को प्यानल विजयी भएका छन् ।

यस्तै वडा नं. ७ मा नेकपा एमालेका उम्मेदवार रोमहर्ष बुढाथोकीको प्यानल विजयी भएको छ भने वडा नं. ८ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मान बहादुर के. सी. को प्यानल विजयी भएका छन् ।

वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको ३१ गते विहान १० बजेबाट मत गणना सुरु भएसङ्गै आज मध्याह्न १२ बजे मत गणना सकिएको हो । अहिले बाजा गाजा सहित ४ वटा वडा अध्यक्ष, पालिक अध्यक्ष उपाध्यक्षको भव्यताका साथ विजय जुलुस मनाइरहेका छन् ।