नौबहिनी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीले पदभार ग्रहणसंगै पहिलो जनपक्षिय निर्णय गरेका छन् ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष दिल बहादुर थापा र उपाध्यक्ष विष्णा थापा (के.सी.)ले सोमबार सपथ ग्रहण तथा स्वागत कार्यक्रम र पदभार ग्रहणसंगै पहिलो निर्णय गरेका हुन ।

नौबहिनी गाउँपालिकाभर २० युनिटसम्मको बिद्धुत महसुल गाउँपालिकाले भुक्तानी गर्ने र गाउँपालिका भित्रका असहाय बालबालिकाहरुलाई कक्षा १२ सम्म पुर्ण रुपमा निशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेका छन् ।

न्युनतम बिद्धुत उर्जा उपयोग गर्ने नागरिक र आर्थिक अभावका कारण विद्यालय छोड्ने जोखिममा रहेका जस्ता बालबालिका र उनिहरुका परिवार प्रत्यक्ष लाभान्वित हुन् ।

सपथ ग्रहण तथा स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगरले गाउँपालिकाका उपाध्यक्ष, वडाअध्यक्ष, सहित सबै वडा सदस्यहरुलाई सपथ गराएका हुन् ।